काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले १७ जना मन्त्रीहरूको कार्यविभाजन गरेका छन्। तीन जना मन्त्रीले सोमबारै शपथ लिएका थिए। स्वास्थ्य मन्त्रालय जसपाको भागमा पने सम्भावना रहेको। जसपाका अध्यक्ष उपेन्द्र यादव आफैं मन्त्री बन्ने दाउमा छन्।
एमाले
रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार
पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला
हरि उप्रेती, रक्षा
भगवती चौधरी, महिला बालबालिका
राजेन्द्र राई, खानेपानी
दामोदर भण्डारी, उद्योग
ज्वालाकुमारी साह, कृषि
बलराम अधिकारी, भूमि व्यवस्था
माओवादी
नरायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र
वर्षमान पुन, अर्थ
शक्ति बस्नेत, उर्जा
रेखा शर्मा, सञ्चार
हितबहादुर तामाङ, पर्यटन
रास्वपा
रवि लामिछाने, उपप्रधान तथा गृह
डीपी अर्याल, श्रम
विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद
सुमना श्रेष्ठ, शिक्षा
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) बाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बन्ने निश्चित भएको छ। जोशीले संघीय मामिला तथा सामान्य प्रशासन र बुढाले सहरी विकास मन्त्रालयको जिम्मा पाएका छन्।