काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा सहभागी हुने मन्त्रीको नामावली अन्नततस् टुंगो लगाएको छ। लामो छलफलपछि जसपाले बिहीबार साँझ सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम टुंगो लगाएको हो।
बिहीबार साँझ सम्पन्न पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उपप्रधानमन्त्रीसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई पठाउने निर्णय गरेको हो। त्यस्तै स्वास्थ्य राज्यमन्त्रीमा दीपक कार्कीलाई पठाउने निर्णय पनि पार्टीले गरेको छ।
बिहीबार बिहानदेखि नै उनीहरुको नाम आएपनि अन्तिम निर्णय भने भइसकेको थिएन। स्वास्थ्य राज्यमन्त्रीमा सुशीला कार्कीको समेत चर्चा चलेको थियो। तर अन्तिममा निर्णय हुँदा मन्त्रीमा यादव र राज्यमन्त्रीमा कार्कीको नाममा सहमति भएको पार्टीका एक नेताले जानकारी दिए।
यसैगरी वन तथा वातावरण मन्त्रीमा सप्तरी-१ बाट निर्वाचित नवलकिशोर साहलाई पठाउने निर्णय गरेको पार्टीले जनाएको छ।