काठमाडौं– मुटुको चालमा समस्या आएपछि पूर्वमन्त्री टोपबहादुर रायमाझी अस्पताल भर्ना भएका छन्। उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ।
रायमाझीलाई २४ घन्टा निगरानीमा राखेर उपचार गरिने मनमोहन अस्पतालका डा रत्नमणि गजुरेलले जानकारी दिए।उनको पल्स घट्ने तथा रक्तचाप घट्ने बढ्ने भइरहेको छ।
रायमाझी भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका छन्।