काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यलय समयमा आफ्नो कार्यकक्षमा नहुने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कारबाहीको चेतावनी दिएको छ।
स्वास्थ्य मन्त्रालयले शुक्रबार सबै प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रहरुका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कार्यलय समयमा आफ्नो कार्यकक्षमा रहन निर्देशन दिएको हो।
मन्त्रालयका सचिव मधु सुदन बुर्लाकोटीले जारी गरेको निर्देशन पत्रमा स्वास्थ्य मन्त्रालयल अन्तरगत रहेका स्वास्थ्यका निकायहरुमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु हाजिरी हेर्दा आफ्नो निकाय वा कार्यलयमा हाजिर भएको तर कार्यकक्षमा खोज्दा फेला नपरेको पाइएको उल्लेख गरिएको छ। जसका कारण सेवाग्राहीले सेवा पाउन नसकेको गुनासो समेत आएको भन्दै मन्त्रालयले कार्यलय समयमा कार्यकक्षमै रहन निर्देशन दिएको हो।
…यसरी कार्यालय समयमा आफ्नो कार्यकक्षमा गैर उपस्थिति रहनु प्रचलित कानुन, नैतिकता, वैयक्तिक आचरण एवं विधिको प्रतिकूल हुने हुँदा सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीहरू संयमित रही आफ्नो पदीय मर्यादा, आचरण र अनुशासन एवं विधिको पालना गर्नुहुन निर्देशन दिइएको छ।,Ú निर्देशन पत्रमा भनिएको छ।
हेरौं स्वास्थ्य मन्त्रालयको निर्देशन पत्र
