गाजा- दक्षिणी गाजामा नगरपालिकाका सेवाहरू ठप्प हुँदा बासिन्दाहरू बढ्दो फोहोरको सामना गर्न बाध्य भएका छन्। ४५ वर्षीय इमाद अदुल रहमानले घरको फोहोर फाल्न दैनिक दुई किलोमिटर पैदल यात्रा गर्नुपर्ने समस्या रहेको बताए। उनले फोहोरका कारण लामखुट्टे लगायतका समस्याबाट ग्रस्त भएको बताए।
फोहोरका कारणले बालबालिकाहरु बिरामी भएको पनि उनले जानकारी दिए। फोहोरको समस्या छिटै समाधान गर्ने कुरामा आफूहरु विश्वस्त रहेको बताए।
रहमानले लामो समयसम्म सेवा नहुँदा उनीहरूको बस्ने ठाउँमा फोहोर र ढल जम्मा भएको बताए। गत अक्टोबरमा इजरायल र हमासबीचको द्वन्द्व शुरु भएदेखि शहरमा नगरपालिका सेवाहरू बन्द छन्। यसले १.५ मिलियन भन्दा बढी शरणार्थीहरूको घर, सघन जनसंख्या भएको शहरमा स्वास्थ्य जोखिमहरू खडा गरेको छ।
हमासद्वारा सञ्चालित सरकारी मिडिया कार्यालयका प्रमुख सलामा मारुफले गाजा पट्टी अभुतपूर्व स्वास्थ्य समस्या र वातावरणीय प्रदुषणको सामना गरिरहेको चेतावनी दिँदै विश्वलाई गाजाको लुकेको संकटमा ध्यान दिन आग्रह गरे।