काठमाडौं- सरकारले इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणालीमा जाने नीति लिएको छ। सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन्।
'संघीय एवं प्रादेशिक अस्पताल स्वास्थ्य तथा उपचारसँग सम्बन्धित अभिलेख र विद्युतीय रेकर्ड राखिनेछ। एकै प्रकारको चेकजाँच पटक-पटक गर्नु नपर्ने र मेडिकल रेकर्ड अध्यावधि गर्नेगरी राखिने र एकअर्काको पहुँच हुने व्यवस्था मिलाइनेछ,' नीति तथा कार्यक्रममा भनिएको छ।