गम्भीर पेट पोल्ने बिमार (ग्यास्ट्रोइन्टेरिटिस )को कारणहरु फरक-फरक छन्। एउटा सामान्य कारण भनेको संक्रमण वा किटाणुयुक्त खानाका कारण हुन्छ। खराब खाना खाएर हुने बिमार (फुड पोइजन ) हुने प्रमुख कारण भनेको किटाणुयुक्त, विषादीयुक्त खाना खानाको कारण हुन्छ।
प्राय खाना खराब तरिकाले चलाएको कारण वा किटाणु बढ्नको लागि उपयुक्त तापक्रम भएको कोठामा लामो समय खाना भण्डारण भएको कारण पनि यो बिमार हुन्छ। एलर्जिक ग्यास्ट्रोइन्टरिटिस हुने कारणहरु भनेको अण्डा, झिङ्गे माछा र गंगटा र दूध जस्ता खानाहरु हुन्। जसले कुनै-कुनै मानिसहरुमा एलर्जिक असर सजिलै गराउँछ। खराब खाना खाएर हुने बिमार (फुड पोइजन ) प्राय केमिकलको मिलावटको कारण हुने गर्छ। जस्तै, अत्याधिक विषादी मिसिएको सागतरकारी।
ग्यास्ट्रोइन्टेन्स्टिनल म्युकस (ग्यास्ट्रो आन्द्रा)मा टाँसिएको भाइरस वा किटाणुले वान्ता वा पखाला गराउँछ। जुन ग्यास्ट्रोइन्टेरिटिसका सामान्य लक्षणहरु हुन् र यो केही दिनसम्म रहन्छ। अन्य सम्भावित लक्षण भनेको खाना अरुचि हुने, वान्ता हुने, पेट फुल्ने, पेट दुखे वा ज्वरो आदि हुन्।
ग्यास्ट्रोइन्टेरिटिसको स्वास्थ्य असर
अत्याधिक वान्ता र पखाला हुँदा शरीरमा पानीको मात्रा कम हुन्छ । वयस्कहरुमा भन्दा बच्चाहरुको शरीरमा पानीको मात्रा थोरै हुनेगर्छ, त्यसले गर्दा उनीहरुको शरीरमा पानी कम हुने खतरा बढी हुन्छ र यसले गम्भीर समस्या निम्त्याउन सक्छ।
वान्ता र पखालाले इलेक्ट्रोलाइटमा असन्तुलन ल्याउँछ जसले गर्दा शरीरलाई सहि रुपमा काम गर्न असर पुग्छ, ग्यास्ट्रोइन्टेस्टिनल ( ग्यास्ट्रो आन्द्रा) म्युकसमा खराबी आयो भने यसले पेटलाई डेरीको उत्पादनहरु र चिल्लो खानाहरु नपच्ने बनाउँछ, जसले पखालालाई अझै बढाइ दिन्छ।
जोगिने घरेलु उपाय
चिकित्सकको सल्लाह बमोजि औषधिहरु लिनुहोस्। जसमा मुखबाट पानीको मात्रा बढाउने झोल पदार्थहरु पनि लिनुहोस्। जसले इलेक्ट्रोलाइट बनाउने काम गर्छ । बिरामीले धेरै पानी, ग्लुकोज पानी वा भातको पनि पिउनु पर्छ, भोजनमा ध्यान दिनुपर्छ, जसै वान्ता कम हुन्छ हल्का भोजन वा झोल लिन शुरु गर्न सकिन्छ।
सचेत हुनुपर्ने संकेतहरु
तलकामध्ये कुनै लक्षण देखापरेमा स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस् :
- पानीको मात्रा कम भएको लक्षण
- पखाला चलिरहेको अवस्थामा
- मुख र जिब्रो अत्यधिक सुख्खा बन्दै गथएमा
- छालाको चिल्लोपना घट्ने वा हराउने भएमा
- पिसाबको मात्रा घट्दै गएमा
- आँखा भित्र चिरेको वा कालो दाग देखिएमा
- बच्चाहरुमा तालु गढेको देखिएमा
- श्वास अति चलेमा वा अति ढिलो भएमा
- गम्भीर वान्ता जसले खाना र पिउन असर पुर्याएमा
- पखाला बढेमा, दिशामा म्युकस (चिप्लो पदार्थ) वा रगत बढेमा
निवारणको उपाय
- खाना पकाउन अघि खान अघि र टोइलेट गएपछि नियमित रुपमा धुने जस्तो राम्रो सफा बानी गर्नुहोस्
- समुद्री खानाहरु र घुँगीहरु काँचो नखानुहोस्, बाँचो खानेकुराले फुड पोइजन गराउँछ
- तरकारी र मासुलाई पकाउन भन्दा अघि सफासँग पखाल्नुहोस्
- काँचो र पकाइएको खानालाई अलग-अलग भण्डारण गर्नुहोस्
- यदि बच्चाहरुलाई दुध दानी (बोतल)बाट सफा गर्ने वा निर्मलीकरण गर्ने गर्नुहोस्
- बच्चाहरुलाई औंला चुस्न नदिनुहोस्
सावधानी: प्राय जसो पखालाका दबाईहरुले केवल लक्षणहरुलाई मात्रै समाधान गर्छन् तर कारण निवारण गर्दैनन्। यी दबाईहरुले आन्द्रा खुम्चिने र फुल्ने ( पेरिस्टल्सिस को प्रक्रियालाई ढिलो बनाइदिन्छन्। जसले गर्दा यी किटाणुहरु आन्द्राहरुमा बसी रहन्छन् र त्यहाँ निरन्तर बढ्छन र दीर्घ समस्या सिर्जना गर्छन्।