काठमाडौं- सर्वोच्च अदालतले लुम्बिनी प्रादेशिक अस्पतालका नवनियुक्त मेडिकल सुपरिटेण्डेन डा इन्द्र ढकालको नियुक्ति तत्कालका लागि रोक्न अल्पकालीन आदेश जारी गरेको छ।
यसअघिका मेसु डा विष्णु गौतमको निवेदनमा लुम्बिनी प्रदेश सरकारलाई विपक्षी बनाइएको उत्प्रेषणसमेत मुद्दामा न्यायधीश बिनोद शर्माको एकल इजलासले नियुक्तिपछिको सबै जिम्मेवारी आर्थिक र प्रशासन हेर्ने गरी गरिएको पत्राचार कार्यान्वन नगरी यथास्थितिमा राख्नु भन्दै प्रत्यर्थीको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरिएको हो।
डा गौतम ११ तहका हुन् भने डाक्टर ढकाल १० तहका हुन्। मेसुका लागि ११ तह आवश्यक हुने भन्दै गौतमले उनको नियुक्ति बदरको माग गर्दै अदालतमा रिट परेको थियो।
![](https://www.nepalpress.com/wp-content/uploads/2024/07/sarbochcha-aadesh-1.jpg)
![](https://www.nepalpress.com/wp-content/uploads/2024/07/sarbochcha-aadesh-2.jpg)