काठमाडौं- कोलकाताको आरजी कर मेडिकल कलेज हस्पिटलका प्रिन्सिपल डाक्टर सन्दीप घोषले राजीनामा दिएका छन्।
गत ९ अगस्तमा आरजी कर मेडिकल कलेज तथा अस्पतालम कार्यरत एक पीजीमा अध्ययनरत महिला डाक्टरको बलात्कारपछि हत्या भएको थियो।
यस मामलमा देशभरका डाक्टर र त्यससँग जोडिएका संगठनले हडतालको आह्वान गरेका छन्।
हडतालका कारण ओपीडी सेवा प्रभावित भएको छ। देशभरका ३ लाख भन्दा बढी पीजी अध्ययनरत चिकित्सक आन्दोलनमा छन्। रेजिडेन्ट स्टुडेन्ट एशोसिएसनका महासचिव डा सर्वेश पान्डेका अनुसार सीबीआईबाट घटनाको अनुसन्धानका साथै सुरक्षाका लागि सेन्ट्रल प्रोटेक्सन एक्ट बनाउन माग गरिएको छ।