काठमाडौं- स्वीडेनको सार्वजनिक स्वास्थ्य एजेन्सीले अफ्रिका बाहिर मंकीप्कसको पहिलो केस दर्ता गरेको छ। स्वीडिस एजेन्सीका अनुसार संक्रमित व्यक्ति अफ्रिकामै उक्त रोगको चपेटमा परेको प्रारम्भिक अनुमान छ।
विश्व स्वास्थ्य संगठनले केही दिनअघि मात्रै सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको थियो। संगठनले यसको संक्रमणको फैलावट अन्तराष्ट्रिय चिन्ताको विषय भएको उल्लेख गरेको थियो।
स्वीडनको सार्वजनिक स्वास्थ्य एजेन्सीका प्रमुख ओलिविया विग्जेलका अनुसार ती व्यक्तिको उपचार स्टकहोममा गरिनेछ। अफ्रिकाको कंगोमा तीव्र फैलिरहेको यो रोगबाट कम्तिमा ४५० जनाको मृत्यु भइसकेको बताइएको छ।