मनिला- फिलिपिन्समा यस वर्ष फेला परेको मङ्किपक्स अर्थात् एमपक्स भाइरसको पहिलो सङ्क्रमण विश्वव्यापी चेतावनी दिइएको अधिक घातक भेरिएन्ट नभएको र यसको प्रभाव हल्का खालको रहने स्वास्थ्य सचिवटिओडोरो हर्बोसाले बुधबार बताएका छन्।
भाइरसको अत्यधिक सङ्क्रामक ‘क्लेड–वनबी’ भेरिएन्टले कङ्गोमा सयौँ मानिसहरूको ज्यान लिएको छ । यो भाइरस बुरुन्डी, केन्या, रुवान्डा, युगान्डा र स्विडेनमा पनि फेला परेको छ ।
हर्बोसाले ३३ वर्षीया फिलिपिनो पुरुषमा देखा परेको भाइरस सन् २०२२ मा पत्ता लागेको ‘क्लेड टूबी’ भेरिएन्ट रहेको उल्लेख गरे। 'यो एमपक्सको पुरानो भेरिएन्ट हो”,उनले भने, 'यो ‘क्लेड वनबी’ जति जोखिमयुक्त छैन ।”
“चिकित्सकहरूका अनुसार भाइरसको सङ्क्रमण समुदायमा फैलिदै छ,” हर्बोसाले भने।
फिलिपिन्सका अधिकारीहरूले सन् २०२२ र सन् २०२३ मा एमपक्सका नौ वटा सङ्क्रमणका घटना भेटिएको बताएको छ ।
राष्ट्रपति फर्डिनान्ड मार्कोसले मङ्गलबार स्वास्थ्य अधिकारीहरूलाई भाइरसबाट जोखिममा रहेका क्षेत्र र मानिसलाई निरन्तर निगरानीमा राख्न आदेश दिएका छन्।