क्षयरोग आँखाले देख्न नसकिने कीटाणु म्याकोब्याक्टेरियम ट्युबरकुलोसिसबाट हुने गर्छ। क्षयरोग विश्वमा जनस्वास्थको प्रमुख समस्याको रुपमा रहँदै आएको छ। यो उच्च मृत्युदर भएका १० रोगमध्ये एक हो। नेपालमा विगत लामो समयदेखि जनस्वास्थ्य समस्याको रुपमा क्षयरोगको संक्रमण अहिले पनि देखिन्छ। कुनैबेला नेपालको कुल जनसंख्याको झण्डै आधा क्षयरोगबाट संक्रमित भएको थियो। अहिले पनि क्षयरोगबाट संक्रमित हुनेको संख्या उल्लेख्य छ। अहिले सबै कुरा प्रबिधि मैत्री हुदै जादा क्षयरोग मा पनि एउटा नयाँ आयाम थपिएको छ यसलाई हामि चुनैती र अवसर दुवै को रुपमा लिग्न सक्छौ ,त्यो हो एआई युक्त एक्सरे मेसिन यो एउटा निकै आधुनिक युक्त आर्टिफिसियल इन्टेलिजेन्सयुक्त उक्त मेसिनले नै बिरामीलाई खकार परीक्षण आवश्यक भए, नभएको जानकारी दिने गर्छ। यसको प्रयोग रेडियोलोजिष्ट तथा तालिम प्राप्त स्वास्थ्यकर्मीले गर्न सकिन्छ।
गरिबी, पोषणयुक्त खानाको अभाव, चेतनाको कमीले रोग लुकाउने बानी जस्ता कारणले क्षयरोग पूर्णरुपमा निर्मूल पार्न चुनौती देखिएको छ। औषधि प्रतिरोधी क्षयरोगको बढ्दो प्रकोप, निजी स्वास्थ्य संस्थामा क्षयरोगको निदान तथा उपचार मूलधारमा आउन नसक्नु, क्षयरोगका बिरामीमा एचआईभीको संक्रमण, मधुमेहका बिरामीमा क्षयरोगको जोखिम चुनौतीको रुपमा छन्। यी चुनौतीलाई मध्यनजर गर्दै नेपाल सरकारले विश्व स्वास्थ्य संगठनले सिफारिस गरेअनुसार डट्स विधि अवलम्बन, सरकारी निजी सहकार्य,चेतना अभिवृद्धि कार्यक्रम, क्षयरोग बिरामीको सक्रिय खोजी, औषधि प्रतिरोधी क्षयरोग निदान तथा उपचार सेवा विस्तार, समुदायमा आधारित क्षयरोग व्यवस्थापनको अवधारणा ल्याइएको छ। विश्वका धेरै मुलुकहरुमा क्षयरोगको पहिचानमा यस प्रकारको मेसिनको प्रयोग हुँदै आइरहेको छ। यसअघि क्षयरोगको पहिचानका लागि प्रयोग हुने एक्सरे मेसिन स्वास्थ्य संस्थामा मात्रै रहेको स्थिती थियो, अब घरघरमा नै यस मेसिनको प्रयोगले क्षयरोगका बिरामीको पहिचान हुनसक्ने अवस्था आएको छ। तथ्यांक अनुसार नेपालमा लक्षणमा आधारित र खकार मात्रै परीक्षण गरी ७० हजार केश पत्ता लगाउनुपर्नेमा हाल ५८ प्रतिशत मात्रै पत्ता लागेको छ।
पुरानै उपचार विधिको प्रयोगले हामीले सन् २०३५ सम्ममा क्षयरोगको अन्त्यको लक्ष्यकरिब असम्भव जस्तै भइसकेको विज्ञ तथा चिकित्सकहरुले बताउँदै आएका छन्। समुदायस्तरमा नै क्षयरोगको पहिचानका लागि एक्सरे गराउन सकेमा यसले क्षयरोगमुक्त नेपाल अभियानमा समेत सहयोग गर्ने देखिन्छ। अब सबै प्रदेशमा सामुदायामा लुकेर बसेका क्षयरोगका बिरामीहरुलाई नयाँ तरिका बाट खोज्नु पर्ने र २०५० सम्म नेपाललाई क्षयरोग मुक्त गर्नुको लागि ग्लोबल फन्डले आर्थिक सहायता गरिरहेको छ। नेपाल जस्तो देशमा अहिले औसधि प्रतिरोगी क्षयरोगको संख्या बढ्दै जानु पनि चिन्ताको बिषय बनेको छ ,यसले गर्दा भोलिको दिन हरुमा कामको शिलशिलामा अथवा अध्यनको लागि बाहिर देश जाने बाटो नै बन्द हुने समय पनि आउन सक्ने बिषलेशण गर्न सकिन्छ यसैले २०३० सम्मको दिगो लक्क्ष्य तथा समयमै नेपाल लाई क्षयरोगमुक्त बनाउनको लागि ए आई युक्त एक्सरे मेसिन नेपालको लागि कोशे ढुङ्गासाबित हुन सक्छ।
राष्ट्रिय क्षयरोग रणनीति योजनाको कार्यान्वयन गरी नेपालले सन् २०३५ सम्ममा क्षयरोगको महामारी अन्त्य गर्ने, सन् २०५० सम्ममा क्षयरोग निवारण गर्ने र क्षयरोग निदान उपचारमा लाग्ने अधिक आर्थिक व्यय भारलाई शून्यमा झार्ने विशेष लक्ष्य राखेको छ। जनस्वास्थ्य सामाजिक र आर्थिक विकासका लागि क्षयरोग गम्भीर समस्याको रुपमा रहनु हाम्रो जस्तो देशको लागि चिन्ताको विषय हो।
(कालाखेती स्वास्थ्य कार्यालय इलाममा बागमती सेवा समाजद्वारा सञ्चालित राष्ट्रिय क्षयरोग कार्यक्रमको जिल्ला कार्यक्रम संयोजक हुन्।)