काठमाडौं- पञ्जाव कांग्रेसका पूर्वअध्यक्ष, क्रिकेटर तथा हास्य अभिनेता नवजोत सिध्दुको क्यान्सरका विषयमा भाइरल भिडियोलाई लिएर चिकित्सकले चिन्ता व्यक्त गरेका छन्। अप्रमाणित विषय फैलिरहेको भन्दै २६२ क्यान्सर चिकित्सकले संयुक्त विज्ञप्ति समेत जारी गरेका छ।
उनले केही दिनअघि उनकी पत्नी नवजोत कौर सिध्दु क्यान्सरबाट मुक्त भएको बताएका थिए आफ्नै आवास पञ्जावको अमृतसरमा पत्रकार सम्मेलनमा उनले आफ्नी पत्नीले स्टेज ४ क्यान्सरबाट मुक्ति पाएको बताए। उनले आहारमा केही कुरा सामेल गरेका कारण निको भएको दाबी गरेका छन्। उनले श्रीमतीको आहारामा कागती पानी, काँचो हल्दी स्याउको जुस, निमको पात, तुलसी, फर्सी, अनार, अमला आदिका कारण उनी स्वस्थ भएको दाबी गरेका हुन्।
तर टाटा मेमोरियल अस्पतालका क्यान्सररोग विशेषज्ञहरुले असहमति जनाएका छन्। उनीहरुले एक विज्ञप्ति जारी गर्दै उनको भनाइमा सहमत हुने कुनै वैज्ञानिक प्रमाण नभएको बताएका छन्।
यस मामलामा टाटा मेमोरियल अस्पतालका वर्तमान २६२ विशेषज्ञ समेत अन्यले उक्त दाबी भ्रामक भएको बताएका छन्।
लेखिएको छ, 'सामाजिक सञ्जालमा एक भिडियो भाइरल भएको छ। जसमा पूर्व क्रिकेटर आफ्नी श्रीमतीको उपचारका बारेमा बताइरहेका छन्। उनले त्यहाँ दाबी गरेका कुरामा सहमत हुने कुनै वैज्ञानिक प्रमाण देखिदैन।'
उनीहरुले त्यसले आमजनमा भ्रम फैलिनेमा चिन्ता व्यक्त गरेका छ। जसले उपचारमा आउन अझै ढिलाइ भएर बिरामीको ज्यान जोखिममा पर्न सक्ने बताएका छन्। भनिएको छ, 'यस्ता अप्रमाणित कुराको पछि लागेर उपचारमा ढिलाइ नगर्नुहोला।'