काठमाडौं- 'द ग्रेट इन्डियन कपिल शो' फेरि एकपल्ट विवादित भएको छ। एक्ट्रेस रोजलिन खानले नवजोत सिंह सिद्धू, कपिल शर्मा र नेटफ्लिक्सलाई कानुनी नोटिस पठाएकी छिन्। जहाँ उनले सिद्धु र शोको टिमले सार्वजनिक माफी माग्नुपर्ने माग गरेकी छिन्।
मुद्दा दायर गर्ने रोजलिन क्यान्सर सर्भाइबर हुन्। शोमा क्यान्सर सम्बन्धी गलत जानकारी सेयर गरिएकोले दर्शक भ्रमित भएको दाबी गरिएको छ। रोजलिनका वकिले कासिफ खान देशमुखले यसका पछाडि राजनीतिक अजेन्डा हुने सक्ने बताएका छन्।
सिद्धुकी पत्नी नवजोत कौर सिध्दु क्यान्सरबाट मुक्त भएको बताएका थिए। शोमा उनले आफ्नी पत्नीले स्टेज ४ क्यान्सरबाट मुक्ति पाएको बताए। उनले आहारमा केही कुरा सामेल गरेका कारण निको भएको दाबी गरेका छन्। उनले श्रीमतीको आहारामा कागती पानी, काँचो हल्दी स्याउको जुस, निमको पात, तुलसी, फर्सी, अनार, अमला आदिका कारण उनी स्वस्थ भएको दाबी गरेका थिए।
उनको भनाइको भारतीय क्यान्सर चिकित्सकले खण्डन गरेका छन्। टाटा मेमोरियल अस्पतालका २६२ क्यान्सररोग विशेषज्ञहरुले एक विज्ञप्ति जारी गर्दै उनको भनाइमा सहमत हुने कुनै वैज्ञानिक प्रमाण नभएको बताइसकेका छन्।