काठमाडौं- बर्दिया अस्पताल पेन-प्लस क्लिनिक सञ्चालनमा आएको छ। संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र काठमाडौं इन्सिच्युट अफ चाइल्ड हेल्थ (किओच)सँगको सहकार्यमा उक्त क्लिनिक सञ्चालनमा ल्याइएको अस्पतालका हो।
क्लिनिकको प्रिफ्याब भवनको मंगलबार उद्घाटन गरिएको छ। लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुमगरले उद्घाटन गरेका हुन्।
नसर्ने रोगहरुको बढ्दो चुनौती सामना गर्न पेन-प्लस कार्यक्रम सुरु गरिएको हो। मुटु, सुगर, प्रेसर, पाठेघरको मुखको क्यान्सर जस्ता नसर्ने रोगहरुको अनुसन्धनात्मक उपचार गर्नेगरी यो कार्यक्रम अघि बढाइएको हो।
नेपालमा करिब ७१ प्रतिशत मृत्यु नसर्ने रोगका कारण हुने देखिएको छ। पेन-प्लस कार्यक्रम यस्ता रोगहरुको उपचारका साथै र यसबाट जोगिने उपायका बारेमा समेत नागरिकलाई सचेतना फैलाउन प्रभावकारी हुनेछ।