काठमाडौं- बलिउड अभिनेत्री मोनाली ठाकुर अस्पताल भर्ना भएकी छिन्। उनी बिहारको दिनहाटा फेस्टिवलमा प्रस्तुति दिने क्रममा एक्कासी बिरामी परेकी हुन्।
इन्डिया टुडेका अनुसार उनी 'तुने मारी इन्ट्रिया रे' गीत गाइरहेकी थिइन्। त्यहीबेला उनलाई सास लिन असहज भए महशुस भयो। उनले त्यसपछि शुभेच्छुकसँग माफी मागेर बाहिरिइन्।
उनले भनिन्, 'आज मैले सन्चो महशुस गरिरहेकी छैन। केही कुरामा बाचा गर्नु र त्यो पूरा नगर्नुजस्तो मुश्किल काम अर्को हुँदैन। माफी चाहन्छु।'
त्यसपछि उनलाई तुरुन्तै अस्पताल पुर्या इएको हो। अहिले उनले स्वास्थ्य लाभ गरिरहेको अस्पतालले जनाएको छ।