काभ्रे- नेपाल चिकित्सक संघले काभ्रेको तेमाग गाउँपालिकामा राहत तथा स्वास्थ्य सामग्री वितरण गरेको छ। चिकित्सक संघले कन्फेड्रेसन अफ मेडिकल एसोसिएसन अफ एसिया एन्ड ओसिनिया (सिमाओ) र ताइवान मेडिकल एसोसिएसनको सहयोगमा स्वास्थ्य सामग्री सहित खद्य लगायतका राहत सामग्री वितरण गरेको हो।
चिकित्सक संघका महासचिव डा सन्जिब तिवारीले तेमालका २ सय ५० जनालाई स्वास्थ्य र राहत सामग्री वितरण गरिएको जानकारी दिए। उनका अनुसार काभ्रेको तेमाल गाँउपालिका–१ कार्यालयमा आयोजित कार्यक्रममा स्वास्थ्य सामग्री सहित खाद्य तथा साबुन, टुथपेस्ट-ब्रस सेनेटरी प्याड, जाडोको लागि ब्ल्याङ्केट लगायतका सामग्री वितरण गरिएको छ।
काठमाडौंबाट नजिकै रहे पनि स्वास्थ्य सेवादेखि अन्य कुराहरुमा दुर्गमकै जस्तो अवस्था रहेको तेमालमा आगामी दिनमा पनि संघले आफंनो तर्फबाट सक्दो सहयोग गर्ने डा तिवारीले जानकारी दिए।