काठमाडौं- त्रिभुवन विश्वविद्यालय सेवा आयोगले १२५ जना नर्ससहित विभिन्न स्वास्थ्य जनशक्तिका लागि स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको छ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभिन्न निकायका निमित्त निम्न लिखित प्रशासनिक / प्राविधिक पदहरुमा आन्तरिक तथा खुला / समावेशी, प्रतियोगिताद्वारा पदपुर्ति गरिने बताइएको छ।
नर्सिङ अफिसर ९ जना खुला, जनस्वास्थ्य अधिकृत एक खुला, फार्मेसी अधिकृत १, असिस्टेन्ट फर्मासिस्ट ५, प्याथोलोजिस्ट लगायतलाई अवसर रहेको छ।
योग्यता पुगेका इच्छुकहरुले २०८१ / फागुन ६ गतेदेखि | २०८१ चैत ११ गतेभित्र र दोब्बर दस्तुर तिरेर मिति २०८१ चैत १८ गतेभित्र त्रि. वि. सेवा आयोगको वेवसाइट www.tusc.tu.edu.np मा अंकित अनलाइन आवेदनमार्फत अनलाइन दरखास्त आव्हान गरिएको छ।
म्याद नाघी प्राप्त हुन आएका र रीत नपुगेका दरखास्त अस्वीकृत हुने बताइएको छ।