हालको विद्यमान अन्तर्राष्ट्रिय परिस्थितिले विश्वव्यापी आपूर्ति प्रणालीमा कठिनाई र चुनौतीका समस्याहरु देखिन थालेका छन्, विशेष गरी औषधि र औषधिजन्य सामग्रीको क्षेत्रमा यो अवस्था झनै देखा पर्न थालेको छ । नेपाल जस्तो देश जो आयातमा निर्भर हुनुपर्ने मुलुकका लागि यस परिदृष्यले सिक्ने र समयमै व्यवस्थापन गर्ने अवसर पनि प्राप्त गरेको छ । निरन्तरता र विश्वसनियता स्वास्थ्य क्षेत्रका प्रमुख मूल्य र मान्यता हुन् तसर्थ यस्ता बाह्रिय प्रभावको सुक्ष्म बिश्लेषण गर्दै पूर्व तयारी गर्नु महत्वपूर्ण हुन्छ।
नेपालमा प्रयोग हुने अधिकांस औषधि र औषधिजन्य सामाग्रीहरु स्वदेशमै उत्पादन हुने भएपनि यी सामाग्रीको उत्पादनमा आवश्यक कच्चा पदार्थ छिमेकी मुलुक वा तेस्रो मुलुकहरुबाट आयात गर्नु पर्ने बाध्यता छ । यी कच्चा पदार्थ आयात गर्नु पर्ने त छँदैछ, केही विशेष औषधिहरुका आयातमा पनि पूर्ण रुपमै निर्भर हुनु परेको छ । वर्तमान अवस्थामा खाडी क्षेत्रमा द्धन्दले निम्त्याएको अस्थिरताले कच्चा पदार्थ आपूर्तिमा अवरोध आउने आंशिक संकेत देखा परिसकेको छ । यो लामो समयसम्म रहने वा नरहने एकिन गर्न सकिने अवस्था छैन । आशा गरौँ यो अबस्थाले तत्काल सम्भावित गम्भिर संकटको सामना गर्न नपर्ला तर सचेत हुँदै व्यवस्थापन कार्यको चरणलाई पहलकदमी गर्न अव विलम्व नगरौँ।
औषधि उत्पादन गर्ने स्वदेशी उद्योगहरुले कच्चा पदार्थको उपलव्धतामा सम्भावित चुनौतीहरुका बारे सेवाप्रदायक अस्पतालहरुलाई जानकारी दिन थालिसकेका छन् । यसलाई सबैले सकारात्मक संकेतका रुपमा लिई चिन्तन मनन् गर्नै पर्दछ । यसले समयमै पूर्व तयारी गर्ने व्यवस्थापकिय आधार र सचेतनाको अवसर प्रदान गरेको छ । नेपालले औषधि आपूर्ति गर्ने छिमेकी मुलुकहरुमा पनि आजको यो प्रभाव समानरुपमा देखिन सक्ने सम्भावनालाई आकलन गर्दै हाम्रो तर्फबाट आपूर्ति प्रणालीलाई थप समाधानयुक्त र लचिलो बनाउने आवश्यकता महसुश भएको छ।
सेवा प्रदायक अस्पतालहरुले प्रायः आपूर्तिकर्ता मार्पmत प्रकृयागतरुपमा औषधि आपूर्ति र व्यवस्थापन गर्ने गरेका छन् । यो अवस्था सामान्य अवस्थामा प्रभावकारी त होला तर वाह्रिय आपूर्ति अस्थिर हुँदा त्यसको लागि समाधानका आधार तय गर्नै पर्दछ । उदाहरणका लागि सलाईन जस्तो आधारभूत औषधिजन्य सामाग्रीमा समेत कच्चा पदार्थको उपलव्धता प्रभावित हुनसक्ने भावी दिनलाई मध्यनजर राख्दै समयमै यसको बैकल्पिक योजना बनाउनु उपयुक्त देखिन्छ । यस्ता औषधिजन्य सामाग्रीहरु स्वास्थ्य सेवाका आधारभूत तत्व भएकोले यसमा निरन्तरता सुनिश्चित गर्नु सबै सरोकारवालाको साझा जिम्मेवारी एवम दायित्व हो।
यस सन्दर्भमा सरकार, औषधि उद्योग र व्यवसायीलाई थप सुदृढ बनाउन ऋचष्कष्क ःबलबनझभलत को रणनीति अविलम्व तय गर्न आवश्यक छ । यसले भविष्यमा हुनसक्ने बाह्रिय परिस्थितिबाट आउन सक्ने सम्भावित प्रभावलाई न्यूनिकरण गर्न मद्दत गर्नेछ । बितरण प्रणालीलाई अझ सशक्त र पारदर्शी बनाउनु पनि आजको यो अबस्थामा उत्तिकै महत्वपूर्ण भएकोले आबश्यक औषधिहरुको प्राथमिकिकरणलाई प्रधानरुपमा निर्धारण गर्दै तिनको न्यायोचित वितरणमा सुनिश्चितता कायम गर्दा सीमित स्रोतको अधिकतम उपयोग गर्न सकिन्छ । यसको लागि सम्बन्धित निकायहरु बीच सहकार्य र सूचना आदान प्रदानको अतिरिक्त जोखिम व्यवस्थापनलाई थप मजबुत बनाउन जरुरी छ।
महत्वपूर्ण कुरा के हो भने, हालको यो आवस्थालाई समग्ररुपमा नकारात्मक हिसावमा नलिई बरु व्यवस्थापन र सुधारको अवसरमा लिन सकिन्छ । यसले हामी र हाम्रो मुलुकको प्रणाली संयन्त्रमा सुदृढिकरण, आत्मनिर्भरता अभिवृद्धि र संस्थागत समन्वयको महत्वलाई थप परिपक्व र आत्मकेन्द्रित गराएको छ।
अन्ततः समयमै गरिएको सन्तुलित र समन्वयात्मक पहलले देखिन सक्ने वा आउन सक्ने सम्भावित चुनौतीलाई सहज ढङ्गले व्यवस्थापन गर्न सकिन्छ । यसका लागि नेपाल सरकार तथा सम्बन्धित सबै पक्षहरुलाई बिनम्र अनुरोध यो छ कि, हालको यो अवस्थालाई अवसरका रुपमा लिँदै दीर्घकालिन सोच र योजना सहित आबश्यक पूर्ब तयारी र सहकार्यमा जोड दिनु होस्, ताकि यसबाट स्वास्थ्य सेवा प्रणाली र सेवाग्राही नेपाली नागरिकको स्वास्थ्यको पहँुचमा सवल, विश्वसनिय र दिगो सामथ्र्यको प्रत्याभूति निर्माण गरोस्।
(लेखक पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत हुन् )