काठमाडौं– इन्टरनेशनल सोसाइटि टु इम्प्रुभ द युज अफ मेडिसिनको आयोजनामा तेस्रो आईएसआईयुएम अन्तराष्ट्रिय सम्मेलन भोलिदेखि सुरु हुँदैछ।
मेडिसिन इन डिजिटल वर्ल्ड भन्ने नाराका साथ काठमाडौंको होटल र्याडिसनमा सुरु हुने सम्मेलन तीन दिनसम्म हुनेछ।
विश्वभर औषधिको प्रयोगमा बढ्दै गएको समस्याबारे छलफल हुने सम्मेलनमा डिजिटल वर्ल्ड, शिक्षा तथा सचेतना र अनुसन्धानलाई आधार बनाएर ६२ वटा पोस्टर, २५ वटा ओरल, २ वटा प्लेनरी तथा कार्यशाला हुनेछ।
नेपाल फार्मेसी काउन्सिलका अध्यक्ष तथा सम्मेलनको नेपाल आयोजक कमिटिका अध्यक्ष डा कादीर आलमले सम्मेलनमा नेपाल सहित २५ देशका अनुसन्धानकर्ता, प्रोफेसर, चिकित्सक, फार्मासिस्ट, नर्स लगायत स्वास्थ्य क्षेत्रका विज्ञदेखि विद्यार्थीसम्म करिव १५० जना सहभागि हुने जानकारी दिए।
कार्यक्रमबारे जानकारी दिन बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा आईएसआईयुएमकी डा फातिमा सुलेमानले विश्वभर औषधिको उचित प्रयोगबारे सचेतना आवश्यक भएको बताइन्। उनले विश्वभर नै एन्टिबायोटिक रेसिस्टेन्टस्को समस्या बढेको प्रति चिन्ता व्यक्त गर्दै यसको उचित प्रयोगका लागि समेचतना जगाउन यस्ता सम्मेलन महत्वपूर्ण हुने जानकारी दिइन्।
सम्मेलनपछि आउने निष्कर्षलाई नीति तथा निर्मातासम्म पुर्याउने आयोजकले जनाएको छ।