काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुको जिम्मेवारी खोसेका छन् । प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीलाई बिना विभागीय बनाएका हुन्।
माओवादी मन्त्री सबैको जिम्मेवारी खोसिएपछि स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेल पनि बिना विभागीय भएका छन् । प्रधानमन्त्री देउवाले परराष्ट्र र गृह मन्त्रालय आफैंसँग राखेका छन् । राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानसहित ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ।
माओवादीका तर्फबाट सरकारमा उपप्रधानसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी कृष्णबहादुर महराले सम्हालेका थिए । यस्तै, जनार्दन शर्माले गृह, गिरिराजमणि पोखरेलले स्वास्थ्य, महेन्द्रबहादुर शाहीले ऊर्जा, शिवकुमार मण्डलले आपूर्ति, टेकबहादुर बस्नेतले सामान्य प्रशासन र आशा कोइरालाले महिला बालबालिका मन्त्रीको जिम्मेवारी पाएका थिए।