काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीहरुलाई बिना विभागीय बनाएसँगै मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन्।
देउवाले राप्रपा प्रजातान्त्रिकका दीपक बोहरालाई स्वास्थ्य मन्त्री बनाएका छन् । यसअघि उनी देउवा सरकारमा विज्ञान तथा प्रविधि मन्त्री थिए।
बोहरा पशुपति शमशेर राणा नेतृत्वको राप्रपाका संसदीय दलका नेता तथा पार्टीका उपाध्यक्ष हुन् । उनी अघिल्ला मन्त्रीपरिषद्मा पटकपटक वनमन्त्री भएका थिए।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।