काठमाडौं– अध्यादेश मार्फत् चिकित्सा शिक्षा ऐन ल्याउने तयारी गरिएको स्वास्थ्य मन्त्री दिपक बोहराले बताएका छन् । अनशनरत डा गोविन्द केसीलाई भेट्न शिक्षण अस्पताल महाराजगञ्ज पुगेका उनले डा केसीलाई यस्तो जानकारी दिएका हुन्।
उनले भने, ‘अध्यादेश मार्फत् कसरी ऐन ल्याउन सकिन्छ भनेर प्रधानमन्त्रीले विज्ञको राय लिइरहनुभएको छ । तपाईंको माग पूरा गर्ने तयारीमा सरकार छ ।’
डा केसीले मन्त्री बोहरालाई आफूले पटक–पटक धोका खाइसकेकाले कार्यान्वयनको सुनिश्चित नहुन्जेल आफूले सम्झौता नगर्ने बताएका थिए । मन्त्री बोहराले आफूले त्यस्तो नगर्ने बताएका छन् ।
पूर्व स्वास्थ्य मन्त्री गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवालार्इ अध्यादेश मार्फत् एेन ल्याउन सल्लाह दिएका हुन् । यतिबेला प्रधानमन्त्री देउवा, पूर्व मन्त्री थापालगायत सरोकारवालाकाे बैठक बसिरहेको छ ।