काठमाडौं- सरकारले सबै माग पुरा गर्ने भएपछि १४ दिनदेखि आमरण अनशनमा रहेका डा गोविन्द केसीले अनशन तोड्ने भएका छन्।
चिकित्सा शिक्षा विधेयक अध्यादेशबाट ल्याउन सरकारले आगामि ६ गतेको मन्त्रीपरिषद्ले निर्णय गर्ने, सबै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने, काठमाडौं नेशनलको सम्बन्धनका विषयमा उच्चस्तरीय छानविन समितिको प्रतिवेदनका आधारमा दोषिलाई कारवाही गर्ने लगायकतका विषयमा सहमति भएपछि अनशन तोड्न लागेको पूर्व स्वास्थ्य मन्त्री गगन थापाले जानकारी दिए।
डा केसीले ६ गते मन्त्रीपरिषद्बाट चिकित्सा शिक्षा विधेयकलाई अध्यादेश मार्फत अगाडि नबढाए पुन सोही दिनबाट अनशन बस्ने बताएका छन्।
डा केसीले अहिले साढे ६ बजे पत्रकार सम्मेलन गर्ने भएका छन्।
डा केसीले गत १९ गतेदेखि १३ औं अनशन सुरु गरेका थिए।