काठमाडौं– सरकारले माग पूरा गर्ने बचन दिएपछि डा गोविन्द केसीले अनशन तोडेका छन्। डा केसीले १० वर्षीया बालिका रोजिना तामाङका हातबाथट मह मिसिएको पानी पिएर अनशन तोडेका हुन् । सम्झौतामा हस्ताक्षर गर्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवासँग फोनमा कुरा गरेका थिए । प्रधानमन्त्री देउवाले माग पूरा गर्ने बताएपछि हस्ताक्षर गर्न राजी भएका हुन्।
प्रधानमन्त्री देउवाले उनीसँग चिकित्सा शिक्षा ऐन अध्यादेशबाट ल्याउने बताएका छन् । कार्तिक ६ गते बस्ने मन्त्रीपरिषद्ले उक्त निर्णय गर्ने बताएका हुन्।
यसै।री सबै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने, काठमाडौं नेशनलको सम्बन्धनका विषयमा उच्चस्तरीय छानविन समितिको प्रतिवेदनका आधारमा दोषिलाई कारवाही गर्ने लगायकतका विषयमा पनि सहमति भएको छ।
डा केसीले ६ गते मन्त्रीपरिषद्बाट चिकित्सा शिक्षा विधेयकलाई अध्यादेश मार्फत अगाडि नबढाए पुनः ६ गतेदेखि नै अनशन बस्ने बताएका छन्।
डा केसीले गत १९ गतेदेखि १३ औं अनशन सुरु गरेका थिए। १४ औं दिनमा उनको अनशन तोडिएको हो।
यस्ता छन् डा केसी र सरकारबीचका सहमति

