चितवन– चितवन जिल्लालाई दृष्टिबिहीन मुक्त बनाउन ‘आई क्याप फोर चितवन’ अभियान सुरु भएको छ ।
पटक–पटक नेपाल घुम्न आएकी जर्मनी स्वयसेवी नागरिक काट्रियको पहल तथा सपोर्ट एण्ड केयर पुनस्थापना केन्द्र रत्ननगर–९ को अगुवामा सो अभियान सुरु गरिएको हो।
‘विना दृष्टि अधुरो सृष्टी’ भन्ने मूल नारासहित पाइलट प्रोजेक्टका रुपमा जिल्लाका आठ ग्रामिण र विकट स्थलहरु ‘आई क्याप फोर चितवन’ अभियान अन्तर्गत बृहत् निःशुल्क आखाँ शिविर सुरु गरिएको छ।
‘म नेपालका विभिन्न ठाउँहरुमा घुम्न आएकोमा सबैभन्दा धेरै चितवनमा आाखाका समस्या भएका बिरामीहरु भेटें,’ काट्रियले भनिन्, ‘जर्मनमा हामीले विभिन्न नागरिकबाट सहयोग तथा विविध च्यारिटि शो गरि संकलन गरिएको रकमबाट शिविर सुरु गरेका हौँ ।’
अभियान अन्तर्गत पहिलो चरणमा जिल्लाका दुई हजार बढी व्यक्तिहरुको आँखा परीक्षण गरिनेछ।
उनीहरुको समस्या पहिचान गरि उपचार गर्ने र शिविर मार्फत् निःशुल्क चस्मादेखि औषधी वितरण र आवश्यक परेको खण्डमा सबै उपचार खर्च समेत आफूहरुले सहयोग गर्ने अभियानका संयोजक तथा सपोट एण्ड केयर पुनस्थापन केन्द्रका अध्यक्ष राजबन्धु गौतमले बताए।
‘कोही पनि दृष्टिबिहीन हुन नपरोस् र सबैले आँखाँ देख्न पाउन पर्छ भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने, ‘पहिलो चरणको सफलतासँगै अर्को कार्य फेरि सुरु हुनेछ ।
अभियानमा जर्मनी नागरिक काट्रियसगैँ विशेषज्ञसहित १० जनाको टोलीले आजदेखि पुर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. ११ जिरौना स्थिीत नगर स्वास्थ्य केन्द्रबाट निशुल्क आँखा शिविर सुरु गरेका छ।
एक भव्य समारोहका विच नगरपालिकाकी उपमेयर विमला दुवाडीले आफ्नो आँखा परिक्षण गराई अभियान सुरु गरेकी थिइन्।
सो अवसरमा बोल्दै उनले जिल्लामा आई क्याप फोर चितवनलाई नगरपालिका समेत सहयोग गर्ने बताइन् । अभियान रत्ननगरको तीन स्थान, भरतपुरमहानगरको एक स्थान, राप्ती नगरपालिकाको एक स्थान, कालिका दुई र माडी नगरपलिकाको एक स्थान गरि ८ स्थान मा गर्ने शिविरमा नेशनल आँखा अस्पताल भरतपुरका प्रबन्ध निर्देशक एवं डा. राजेन्द्र बहादुर श्रेष्ठले समेत सहयोग गरेका छन्।
अस्पतालले आफ्नो समाजिक उत्तरदायित्व अभियान अन्तर्गगत शिविरमा सहकार्य गरेको उनले बताए।
शिविरको पहिलो दिन २ सय ५६ जना स्थानीयहरु लाभान्वित भएका छन्।