काठमाडौं– आङ्दिम स्वास्थ्य चौकी, तेह्रथुमका अहेब रामलाल सुनुवारलार्इ भ्रष्टचारको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाण पत्र बनाइ अहेब भएको आरो पत्र दायर गरेको हो ।
उनले कक्षा १० नै अध्ययन नगरी कास्की जिल्ला पोखरा उप-महानगरपालिकास्थित गण्डकी बोर्डिङ स्कूलको नक्कली छाप र प्याड बनाई आफैंले प्रिन्सिपलको सहिछाप गरि मार्कसिट र चारित्रिक प्रमाणपत्र बनाएको बताइएको छ ।
सुनुवार अहेब हुनका लागि एसएलसी उत्तीर्ण गरेको नक्कली प्रमाणपत्रहरु पेश गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएको अख्तियारले जनाएको छ।