काठमाडौं- स्वास्थ्य मन्त्रालयले यस वर्षका लागि देशभरका २ सय ५८ वटा स्वास्थ्य संस्थामा नयाँ भवन निर्माणको लगि स्विकृती प्रदान गरेको छ । मन्त्रालयले भवन निर्माणका लागि आवश्यकताको पहिचान गरेर पहिलो प्राथमिकतामा परेका ति संस्थालाई भवन निर्माण गर्ने स्विकृती दिएको हो।
भवन निर्माणका लागि छनोटमा परेका यी संस्थाको फाइलमा नवनियुक्त स्वास्थ्य मन्त्री दीपक बोहराले पदबहाली गरेको दिन हस्ताक्षर गरेका थिए। स्वास्थ्य सचिव डा किरण रेग्मीले फाइलका बारेमा जानकारी दिएपछि मन्त्रीले भवन निर्माणको कामलाई प्राथमिकता दिनुपर्ने भन्दै फाइल सदर गरेका थिए।
मन्त्रालयले अस्पताल, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्रसहित विभिन्न जिल्लामा डाक्टर आवास समेत निर्माण गर्न जिल्ला र संस्था छनोट गरेको छ ।
यी हुन् यस वर्ष भवन निर्माणका लागि छनौट भएका जिल्ला र स्वास्थ्य संस्थाहरु






