रुपन्देही –गत असोजदेखि लामखुट्टेको टोकाइबाट हुने डेंगु रोगको फैलन थालेपछि रुपन्देहीमा शसत्र प्रहरी, नेपाल प्रहरी महिला स्वयम्सेविका तथा स्वास्थ्यकर्मीहरु परिचालन गरि खोज र नष्ट अभियान दोस्रोपटक सुरु गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय र बुटवल नगरपालिकाको समन्वयमा रुपन्देहीका बिभिन्न स्थानमा ‘खोज र नष्ट’ अभियान सुरु गरिएको छ। जिल्लामा डेंगुले महामारीको रुप लिन थालेपछि नेपाल प्रहरी र ससस्त्र प्रहरी लगायत परिचालन गरि बढी प्रभावित भएका ठाउँ तथा बढी टायर, फूलका गमला र पानी जमेको स्थानमा अभियान चलाइएको हो । अभियान केही दिन जारी रहने बुटवल उपमहानगरपालिका स्वास्थ्य संयोजक डा रमेश केसीले बताए ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।