काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयु)ले आफू मातहतका निजी मेडिकल कलेजलाई सरकारले तोकेको शुल्क सीमाभन्दा बढी शुल्क असुल्ने छुट दिएको छ।
केयुले मन्त्रिपरिषद्को निर्णय विपरीत नयाँ शैक्षिक सत्रमा आफूखुसी शुल्क सीमा तोकेर विद्यार्थीबाट बढी रकम असुल्न बाटो खोलेको हो । निजी मेडिकल कलेजलाई केयुले साढे ७ लाखसम्म बढी रकम लिन छुट दिएको छ।
सरकारले शैक्षिक सत्र ०७४/७५ का लागि एमबिबिएसका लागि उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ४५ हजार रुपैयाँ शुल्क तोकेको छ । तर, सो निर्णयविपरीत केयुले काठमाडौं बाहिरका मेडिकल कलेजलाई ४९ लाख ९० हजारसम्म शुल्क लिन पाउने व्यवस्था गरेको छ ।
केयुले सबैभन्दा बढी पोखरास्थित मणिपाल र चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज भरतपुरलाई ४९ लाख ९० हजार शुल्क लिन पाउने व्यवस्था गरेको छ ।
यस्तै, मन्त्रिपरिषद्ले बिडिएसतर्फ १९ लाख ३२ हजार ६ सय १२ तोकेकोमा केयुले २२ लाख रुपैयाँ असुल्न अनुमति दिएको छ।
डा गोविन्द केसीसँग भएको सहमति अनुसार सरकारले ०७३ मंसिर २६ गते एमबिबिएस र बिडिएसको शुल्क सीमा तोकेको थियो । मन्त्रिपरिषदले यो वर्षको शैक्षिक सत्रको शुल्क सीमा अघिल्लो वर्षकै कायम हुने निर्णय गरेको थियो।
‘चिकित्सा शिक्षा आयोग गठन भई आयोगले शुल्क तोकेको अवस्थामा बाहेक यही शुल्कदर शैक्षिक वर्ष २०७४/७५ का लागि पनि कायम गर्ने’, मन्त्रीपरिषद्को ०७३ मंसिर २६ गतेको निर्णयमा भनिएको छ।
केयुले उपत्यका बाहिरका कलेजका साथै उपत्यकाभित्रका कलेजमा पनि मनपरी शुल्क लिन छुट दिएको छ । शुल्कमा गरिएको यस्तो मनपरीको विरोध हुँदै आएको छ।
हेरौं केयुले मन्त्रिपरिषद्को निर्णयविपरीत गरेको शुल्कको निर्णय:
