काठमाडौं- नेपाली कांग्रेसले अगामि मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि घोषणपत्र सार्वजनिक गरेको छ। सार्वजनिक घोषणपत्रमा स्वास्थ्यका विषयलाई महत्वकासाथ राखिएको छ ।
कांग्रेसको ८४ पेजको घोषणपत्रमा स्वास्थ्यका २० भन्दा बढी बुँदाहरु समावेश छ । कांग्रेसले सामाजिक सुरक्षामा र स्वास्थ्यका लागि १५ बुँदाको छुट्टै व्याख्या गरेको छ । घोषणापत्रमा हालसम्म कांग्रेस नेतृत्वको सरकराले स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धिसहित आगामि दिनका योजना समेत समावेश छ ।
यस्तो छ घोषणापत्रमा स्वास्थ्यका विषय
भरपर्दो आधारभूत स्वास्थ्य
१. सबैलाई भरपर्दो, गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा भन्ने मूल लक्ष्यका साथ नेपाली कांग्रेसले स्वास्थ्य क्षेत्रको नीति र कार्यक्रम संचालन गर्नेछ । स्वास्थ्य नीतिको उद्देश्य उपचार हुन सक्ने रोगको उपचार सुविधा नपाई कुनै पनि नेपाली नागरिकको अकालमा मृत्यु नहोस् भन्ने हुनेछ ।
२. हरेक गाउँपालिकामा प्रसूति सेवा सहितको कम्तिमा एउटा १५ शैयाको अस्पताल निर्माण गरिनेछ । सबैनगरपालिकामा आवश्यकता हेरी २५ देखि ५० शैयाको आधुनिक अस्पताल निर्माण गरिनेछ । यी अस्पतालहरुलाई ठूला नगर क्षेत्र, प्रदेश र केन्द्रीय स्तरका अस्पताल सेवासँग आबद्ध गरिनेछ ।
३. विगतमा नेपाली कांग्रेसको सरकारका पालामा प्रत्येक गाउँ विकास समितिमा एक स्वास्थ्य संस्था राख्नेनीति अनुरूप नेपालका सबै गाउँ विकास समितिहरूमा स्वास्थ्य संस्थाको स्थापना भएकोछ । गाउँ÷नगरपालिकाको नयाँ संरचनामा अब प्रत्येक वडामा स्थानीय महिलाहरूलाई आवश्यक 4 सेवाको तालिम दिई आफ्नै वडामा तलबी स्वयंसेवकको रूपमा कार्यरत गराउँदै सुरक्षित मातृत्व तथा शिशु स्वास्थ्य उपचारकोव्यवस्था गरिनेछ ।
४. नेपाली कांग्रेस आगामी १० वर्षभित्र शिशु मृत्युदर १५ भन्दा कम र मातृमृत्युदर (प्रति एक लाख जीवित जन्ममा) ५० भन्दा कम गर्नेअठोट गर्दछ । नेपाली कांग्रेसले मलेरिया, कालाज्वर, डेंगु, हेपाटाइटिस लगायत पानीजन्य रोगहरुबाट कसैको पनि मृत्यु नहुने स्वास्थ्य नीति र संरचना बनाउनेछ ।
५. सबै सरकारी अस्पतालमा सामाजिक सेवा इकाइको व्यवस्था गरिनेछ । हाल १२ कडा रोगहरुलाई उपचार सहायता उपलब्ध गराइँदै आएकोमा यो कार्यक्रम थप रोगहरुमा पनि लागू हुने व्यवस्था गरिनेछ । निःशुल्क भईसकेको बाथ मुटुरोग र मृगौला प्रत्यारोपणलाई थप सहज बनाउँदै निःशुल्क डायलेसिस सेवालाई स्थानीय तहसम्म विस्तार गर्दै लगिनेछ । महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षणलाई स्थानीय तहसम्म विस्तार गरिनेछ ।
६. सरकारी छात्रवृत्ति वा अन्य सहयोगबाट शिक्षा प्राप्त गरेका चिकित्सकहरूलाई गाउँपालिकाका अस्पतालमा पठाउनेविधि र प्रक्रियालाई आकर्षक र प्रभावकारी बनाइनेछ ।
७. प्रत्येक नेपाली नागरिककोस्वास्थ्य बीमा सुनिश्चित गरिनेछ । गैर सरकारी क्षेत्रलाई सेवा र प्रदायकका रूपमा परिचालन गरिनेछ ।
८। भएका र नयाँ खुल्नेअस्पतालहरुलाई अन्तर्राष्ट्रिय स्तरकोचिकित्सा सेवा प्रदान गर्न सक्षम तुल्याई नेपाललाई विशिष्ट चिकित्सा पर्यटनकोगन्तव्य बनाउन टेवा पुर्याइनेछ र निजी अस्पताल तथा चिकित्सा केन्द्रहरूकोगुणस्तर मापदण्ड तोकी लागू गरिनेछ ।
९. स्वदेशी आयुर्वेद उद्योगको प्रवद्र्धन, उपचार केन्द्रहरुकोविस्तार, आर्युवेद शिक्षाको प्रोत्साहन तथा दक्ष वैद्य र कविराजहरुको उत्पादनका लागि विशेष कार्यक्रम ल्याइनेछ ।
१०. प्रत्येक घरमा शौचालय निर्माण सुनिश्चित गर्नेकार्यक्रम ल्याइनेछ । विपन्न वर्गका परिवारहरूलाई शौचालय निर्माण गर्न अनुदान दिइनेछ । आगामी पाँच वर्षभित्रमा सबैमानव बस्तीहरूमा सुरक्षित खानेपानी पु¥याइनेछ । खानेपानीका मुहानहरूको संरक्षण र खानेपानीको गुणस्तर कायम गर्ने तर्फ सरसफाइ कार्यक्रम निर्देशित हुनेछन्।
११. आगामी पाँच वर्षभित्रमा आर्सेनिकयुक्त पानीका स्रोतहरू माथिको निर्भरता समाप्त गरिनेछ । प्रत्येक नगरपालिकामा अधिकारसम्पन्न खानेपानी बोर्ड बनाई सोही अनुरूप खानेपानीको व्यवस्था गरिनेछ ।
१२. स्वास्थ्य सेवा केन्द्रहरुमा दरवन्दी अनुसारको प्राविधिक र प्रशासनिक कर्मचारीहरुको व्यवस्थापन, निःशुल्क औषधिको उपलव्धता र भौतिक पूर्वाधार निर्माणको सुनिश्चितता प्रत्याभूत गरिनेछ ।
१३. ‘सुत्केरी आमा ः पोसिलो खाना’ भन्ने नाराका साथ स्थानीय स्वास्थ्य संस्थाबाट सुत्केरी भएको २ वर्षसम्म पोषण कुपन वितरण गरिनेछ । साथै गर्भवती महिलाहरुको पोषणकोलागि पनि नियमित भत्ताको व्यवस्था गरिनेछ । सबै नवजात शिशुको निःशुल्क उपचार कार्यक्रमलाई देशभर विस्तार गरिनेछ ।
१४. बालस्वास्थ्य र मातृ शिशुस्वास्थका कार्यक्रमहरु हरेक घर–दैलोमा पु¥याइनेछन्। यसका लागि हाल कार्यान्वयनमा रहेको सुनौलो हजार दिन कार्यक्रम सबै वडाहरुमा पुर्याइनेछ ।
१५. महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई दिइदै आएको भत्ता र सुविधालाई दुई वर्षभित्रै दोब्बर बनाइनेछ ।
..........
आगामी १० वर्ष भित्र नेपालमा भोकमरी र कुपोषणकोअन्त्य गर्नर कुल जनसंख्यामा निरपेक्ष गरिबीको रेखामुनि रहेका जनताको अंश ३ प्रतिशत भन्दा मुनि ल्याउन नेपाली कांग्रेस दृढ संकल्प गर्दछ । सुत्केरी आमा र शिशुकोपोषण, स्तरीय शिक्षाकोप्रत्याभूति, तरुण सीप वृत्ति, बेरोजगार भत्ता र ज्येष्ठ नागरिक सेवा समेटेर “एकीकृत सामाजिक सुरक्षा” प्याकेज ल्याइनेछ विभिन्न घातक रोगको निःशुल्क र सहुलियतपूर्ण उपचार लगायतका जनतालाई प्रत्यक्ष लाभ पुग्ने सामाजिक सुरक्षाका कार्यक्रमहरु नेपाली कांग्रेसको सरकारले कार्यान्वयनमा ल्याएको हो ।
स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन देखिएको छ । निजी क्षेत्रको लगानीमा ठूला–ठूला अस्पतालहरु स्थापना भै अस्पताल शैय्या झण्डै ५ हजार पुगेका छन्। कुल स्वास्थ्य संस्थाहरुको संख्या साढे ४ हजार भन्दा बढी पुगेको छ भने ठूला अस्पतालहरुको संख्या पनि १२० भन्दा बढी पुगेकोछ । सुविधा विस्तारसँगै बाल तथा मातृमृत्युदरमा उल्लेख्य मात्रामा कमी आएकोछ ।
प्रजातन्त्र पुनस्र्थापनापछि २०४८ सालमा कांग्रेसको सरकारले ४ हजार वटै गाविसमा प्राथमिक स्वास्थ्य चौकी र प्रत्येक निर्वाचन क्षेत्रमा स्वास्थ्य केन्द्र खोल्ने नीति र कार्यक्रम प्रारम्भ गरेकोथियो। निजी तथा सरकारी लगानीका मेडिकल कलेजबाट बढ्दै गएको चिकित्सक संख्या, अस्पताल सुविधा, व्यापक रुपमा विस्तारित 4 क्याम्पसबाट स्वास्थ्यकर्मीको उत्पादन र स्वास्थ्य सुविधा विस्तारका कारण नेपाली जनताको औसत आयु बढेर ५४ बर्षबाट अहिले ७१ बर्ष पुगेको छ ।