काठमाडौं- आज र भोली देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइने छ । स्वास्थ्य मन्त्रालयले महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीको सहयोगमा अभियानका रुपमा पाँच वर्ष मुनिका देशभरका बालबालिकालाई लक्षित अभियान चलाएको हो।
यही कात्तिक २ र ३ गते देशभरका बालबालिकालाई खुवाउने भनिएको भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रमको तिहारका कारण आज र भोली सारिएको हो ।
कात्तिक २ र ३ गते तिहार परेका कारण मिति सार्नु परेको बाल स्वास्थ्य महाशाखाले जनाएको छ।
भिटामिन ए को कमीले भविष्यमा बालबालिकालाई रतन्धो रोग लाग्ने, कुपोषण हुने, दीर्घकालिन झाडापखाला लाग्ने, दादुरा लगायतका रोग लाग्ने चिकित्सकहरुले बताएका छन्। सरकारले ६/६ महिनामा भिटामिन ए र जुकाको औषधि खुवाउने गरेको छ ।