काबुल- अफगानिस्तानमा झाडा पखालाका कारण हरेक वर्ष झन्डै ९हजार ५ सय बालबालिकाको मृत्यु हुने गरेको पाइएको छ।
राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले बिहीबार सार्वजनिक गरेको एक विवरणमा अफगानिस्तानभरि दैनिक २६ बालबालिकाको मृत्यु झाडापखालाकै कारण हुने गरेको छ।
'झाडापखालाका कारण बर्सेनि मृत्यु हुनेमध्ये झन्डै ८ हजार जना ५ वर्षमुनिका बालबालिका रहेका छन्,' प्रतिवेदनमा उल्लेख गरिएको छ।
शौचालयको प्रयोग र खाना खानुअघि हात धुनुपर्ने चेतनाको अभावका कारण धेरै बालबालिकालाई झाडापखाला हुने गरेको पाइएको छ। तर चेतनामूलक कार्यक्रमलाई अझ विस्तार गर्ने हो भने यसलाई सजिलै हटाउन सकिने अफगानिस्तानस्थित युनिसेफका प्रतिनिधि अदेले खोडरले बताए।रासस/सिन्ह्वा