काठमाडौं– डा गोविन्द केसीले चिकित्सा शिक्षा अध्यादेश जारी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई एक हप्ते अल्टिमेटम दिएका छन् । सोमवार पत्रकार सम्मेलन गर्दै एक हप्ताभित्र जारी नभए १४ औं अनशन थाल्ने बताएका छन् ।
चिकित्सा शिक्षा ऐन संसदबाट पारित हुन नसकेपछि अध्यादेश जारी गर्ने सहमति नेपाल सरकारले केसीसँग गरेको थियो । सोही सम्झौता अनुरुप नेपाल सरकार मन्त्री परिषदले अध्यादेश जारी गर्ने निर्णय गर्दै राष्ट्रपति भण्डारी समक्ष पठाएको थियो । तर, भण्डारीले उक्त अध्यादेश रोकेर राखेको बताइएको छ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।