काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला जनस्वास्थ्य कार्यालय रौतटहमा छैटौं तहमा कार्यरत स्वास्थ्य सहायक (एचए) घुस रकमसहित पक्राउ गरेको छ।
अख्तियार क्षेत्रीय कार्यालय हेटौंडाबाट गएको टोलीले एचए झाले एक लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरेको हो । कोइकाको सहायोगमा निर्माण भइरहेको जिल्ला अस्पताल गौरको भवन मर्मत तथा रंगरोगनको ठेक्का लिएका व्यक्तिसँग घुस रकम लिएका हुन्।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।