रुपन्देही – रुपन्देहीमा डेंगुले महामारीको रूप लिएको छ। असोजको पहिलो सातादेखि रूपन्देहीमा फाट्टफुट्ट देखिएको डेंगु तिहारपछि महामारीको रूपमा देखापरेको छ। असोज १५ सम्म २५ जनामा देखिएको डेंगुको संक्रमण सोमबारसम्म ४ सय ५० जनामा पुगेको छ। यसबाट दुई जनाको मृत्यु भइसकेको छ। महामारीको रुप लिएपछि बुटवल तथा यस बरिपरिका अस्पतालमा स्प्रे गर्ने भएको छ ।
रुपन्देहीमा डेंगुले महामारीको रूप लिएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेको नेतृत्वमा स्वास्थ्य टोली बुटवल आएको छ। बुटवल नगरपालिकामा भएको छलफलमा बोल्दै लामिछानेले डेंगुले प्रकोपको रूप लिएकाले यसबाट बच्ने उपायका बारेमा सबै तहबाट सचेतनाका कार्यक्रम गर्नु पर्ने बताए ।
उनले भने, ‘सबैभन्दा महत्वपुर्ण र प्रभाबकारी भनेको जनचेतना नै हो । अन्तिम विकल्प भनेको स्प्रे भएको बताए ।’ यो तत्कालको लागि राम्रो भएपनि दीर्घकालिन नहुने बताए । उनले रुपन्देहीका स्वास्थ्य संस्था नगरपालिकासँग् समन्वय गरेका छन्। उनले खोज र नष्ट गर अभियान अब प्रत्येक घरघर पुग्ने गरी गर्न जनस्वास्थ्य र स्थानीय तहलाई आग्रह गर्ने बताए। टोलीले तीन दिनसम्म रूपन्देहीमा डेंगुको अवस्थाबारे जाँचबुझ गर्ने बताए।
बुटवल उपमहानगरका कार्यवाहक प्रमुख गोमा आचार्यले डेंगुको प्रकोप नियन्त्रणका लागि उपमहानगरले सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै टायरको व्यवस्थापन चुनौतीपूर्ण बनेको उल्लेख गरिन्। बुटबलनगरपालिका र सुरक्षाकर्मीहरुको सहयोगमा टायरलाई जफत गरिने बताइन्।
डेंगु लागेका बिरामीमध्ये ७५ प्रतिशत बुटवल उपमहानगरका छन्। लुम्बिनी अञ्चल अस्पतालका मेसु डा कृष्ण खनालले अस्पताललाई बिरामीको ब्यबस्थापन गर्ने समस्या भएको बताए । एक बेडमा ३ जनासम्म राखेर उपचार गरेको बताए । लुम्बिनी अञ्चल अस्पताल बुटवलका सूचना अधिकृत लक्ष्मीराज रेग्मीका अनुसार लुम्बिनी अञ्चल अस्पताल बुटवलसहित, बुटवल हस्पिटल प्रालि, तिलोत्तमा हस्पिटल, लुम्बिनी 4 होम, मेडिटेक हस्पिटल प्रालि, क्रिमसन अस्पताल मणिग्राम डेंगु रोगीले भरिएका वताए । बुटबलमा सबैभन्दा समस्या टायर नै भएको बताउदै सबैको सहयोगमा हटाउनु पर्ने बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख केयरसिंह गोदारले खोज र नष्ट अभियान संञ्चालनको लागी केन्द्रले ३ लाख ५० हजार बजेट छुट्याएको र नगरपालिकालेपनि २ लाख गरि ५ लाख खर्च गरेर अभियान सञ्चालन गरेको बताए ।लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगको उपचार नभएकाले यसको टोकाइबाट बच्न आग्रह गरे।