काठमाडौँ— काठमाडौँ उपत्यकामा १५ देखि ४९ वर्षका प्रजनन उमेर समहुका २७ प्रतिशतले मात्र परिवार नियोजनको आधुनिक साधन प्रयोग गर्ने गरेको एक तथ्यांकले देखाएको छ।
काठमाडौँ जनस्वास्थ्य कार्यालयले आव २०७३÷२०७४को तथ्याङक अनुसार एक वर्षको अवधिमा ५ दशमलव २ प्रतिशत मात्र थपिएका छन्।
जनस्वास्थ्य कार्यालयका तथ्याङक अधिकृत पुस्कर विजुक्छेले काठमाडौँ परिवार नियोजनका साधन प्रयोगकर्ता तथ्याङकले देखाएभन्दा बढी रहेको बताए ।
‘यो जनस्वास्थ्यमा आएको तथ्याङक मात्र हो, धेरै प्रयोककर्ताले मेडिकलमा गएर साधन प्रयोग गर्ने भएकाले तथ्याङकमा आउन नसकेको हो’ उनले भने।
उनले आमागी आर्थिक वर्षबाट काठमाडौका सबै मेडिकललाई पनि रिर्पोट राख्न निर्देशन दिई त्यो रिर्पोट पनि समेट्ने तयारी भइरहेको जानकारी दिए ।
उनका अनुसार आव २०७२/०७३मा २४ प्रतिशत थिए । त्यसैगरी आव २०७१/०७२मा २० प्रतिशत थिए । बढ्दो जन्मदर घटाउनका लागि सरकारले प्रजजन उमेर समुहलाई परिवार नियोजनको साधन प्रयोग गर्न प्रेरित गर्दै आएको छ ।