काठमाडौं- शिक्षा मन्त्रालयले काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धनका विषयमा सर्वोच्च अदालतबाट जारी भएको अन्तरिम आदेश रद्द गर्न मंगलबार निवेदन दर्ता गराएको छ।
मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालयमार्फत उक्त निवेदन दर्ता गराइएको प्रवक्ता डा हरि लम्सालले जानकारी दिए। निवेदनमा पाँच वटा बुँदा उल्लेख छ ।
सर्वोच्च अदालतबाट यही कात्तिक ८ मा भएको अन्तरिम आदेशअनुसार सो कलेजको सम्बन्धन रोक्ने त्रिभुवन विश्वविद्यालयको निर्णय कार्यान्वयन नगर्न उल्लेख थियो ।
उक्त कलेज सम्बन्धनका लागि योग्य नभएको भनी चिकित्सक डा गोविन्द केसीलगायतले विरोध गरेपछि त्रिविले सरकारको निर्देशनमा सम्बन्धन दिने निर्णय स्थगन गरेको थियो ।
यस्तो छ निवेदन

