काठमाडौं– चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)का डिन डा जगदीश प्रसाद अग्रवालको राजिनामा माग्दै पुत्ला दहन गरिएको छ । आइओएमले लिएको एमबिबिएस प्रवेश परीक्षामा चिटिङ भएको प्रमाणित भइसक्दा पनि पुनः परीक्षाका लागि निर्णय नलिएको भन्दै उनीहरुले यसरी विरोध प्रदर्शन गरेका हुन् ।
डक्टर्स सोसाइटीकी महासचिव डा तोसिमा कार्कीका अनुसार विद्यार्थीहरुले छानविन प्रतिवेदन सार्वजनिक गर्न निवेदन दर्ता गराउन खोज्दा अस्वीकार गरिएको थियो । ‘त्यसपछि आक्रोशित विद्यार्थीले डिनको पुत्ला दहन गर्नुका साथै उनको राजिनामा माग्दै नााराबाजी गरेको छन्,’ उनले भनिन् ।
चिट चोरी र प्रश्नपत्र बाहिरिए विषयमा नेपाल प्रहरीको अपराध महाशाखाले छानविन गरी प्रतिवेदन बुझाएको छ । यसैगरी त्रिभुवन विश्वविद्यालयले गठन गरेको छानविन समितिले भने अझै कुनै निर्णय दिएको छैन । जसका कारण आइओएम पुनः परीक्षा गराउने वा यही नतिजा सार्वजनिक गर्ने विषयमा अन्योलग्रस्त छ ।