काठमाडौं– आज अर्थात् नोभेम्बर १३ देखि १९ सम्म विश्वभर एन्टिबायोटिक जनचेतना सप्ताह मनाइँदैछ । पब्लिक हेल्थ फाउन्डेसन र ग्लोबल एन्टिमाइक्रोबियल रेसिस्टेन्स पार्टनरसिप सहकार्यमा विभिन्न कार्यक्रम पाटन हस्पिटल, होप इन्टरनेसनल कलेज लगायतमा पनि गरिने भएको हो ।
सप्ताहव्यापी कार्यक्रममा निम्बन्ध प्रतियोगिता, पोस्टर प्रतियोगीता र वाकाथुन हुने भएको छ । निबन्ध र पोस्टर कम्पिटिसनमा पाटनमा एमबिबिएस 4, माइक्रोबायोलोजीका विद्यार्थी र इन्टर्न सहभागी हुन पाउनेछन् भने अन्यत्र आयोजित कार्यक्रममा बिएससी माइक्रोबायोलोजी र बी फार्मका विद्यार्थी हुनुपर्नेछ ।
पोष्टर र निबन्ध स्वास्थ्य क्षेत्र भित्रकै विषयमा हुनुपर्नेछ । एन्टिमाइक्रोबियल रेसिस्टेन्सलाई अझ बढी महत्व दिइनेछ । पाटन एकेडेमी अफ हेल्थ साइन्समा निष्ठा श्रेष्ठ र होप इन्टरनेशनल कलेजमा भावना खकुरेललाई सम्पर्क गरी थप जानकारी लिन सकिनेछ ।