अहिले सामाजिक सञ्जाल इन्स्टाग्राममा निर्वस्त्र भएर योग गरिरहेका महिलाको तस्बिर अपलोड गर्ने ट्रेन्ड चलेको छ र यस्ता तस्बिर बग्रेल्ति देखा परिरहेका छन्। अचम्भित हुनु पर्दैन, सञ्चारमाध्यमहरूका अनुसार पछिल्लो समय सामाजिक सञ्जाल ‘बडी पजेटिभ’ भएकाले यो ट्रेन्ड सुरु भएको हो।
निकै लोकप्रिय इन्टाग्राममा अकाउन्ट ‘न्युड योग गर्ल’ले यस्ता निर्वस्त्र योग गरिरहेको तस्बिर सामाजिक सञ्जालमा अपलोड गर्न महिलाहरूलाई उत्प्रेरित गरेको हो। यो अकाउन्टले निर्वस्त्र भएर विभिन्न योग आसनहरू गरिरहेकी अज्ञात महिलाका तस्बिरहरूको ‘फोटो प्रदर्शनी’ नै प्रस्तुत गरेको छ। अमेरिका र युरोपतिर यसरी निर्वस्त्र भएर गरिने योगासनलाई प्राकृतिक योग पनि भन्ने गरिएको छ।
यो इन्स्टाग्राम अकाउन्टमा यस्ता निर्वस्त्र योगासनका तस्बिर सन् २०१५ नोभेम्बरदेखि अपलोड हुन थालेका थिए। यसपछि अकाउन्ट पछ्याउने (फलोअर्स) को संख्या पहिलो महिनामै ३३ हजार पुगेको थियो।
‘निर्वस्त्र योगासन गरेका तस्बिर रहेका मेरो एकाउन्टले सबै मानिसहरूलाई उनीहरूको शारीरिक सुन्दरता अनुभूति गरुन् र आफ्नो सुन्दर शरीरले अविश्वसनीय कामहरू गर्नसक्छ भनेर विश्वास गर्न प्रेरित गरोस् भन्ने चाहन्छु,’ महिलासम्बन्धी वेभसाइट ‘द कट’सँगको इमेल कुराकानीमा ‘न्युड योगा गर्ल’ले भनेकी छन्, ‘म मानिसहरूलाई योगासन गर्न र आफ्नो शरीरप्रतिको दृष्टिकोण सकारात्मक बनाउन प्रेरित गर्न चाहन्छु।’
इन्स्टाग्रामको ‘न्युड योगा गर्ल’ अकाउन्ट खासमा एक जना २५ वर्षीया मोडल फोटोग्राफरको हो, जो योगका कठिन आसन गर्छिन्।
उनी योग गर्दा कहिलेकाहीं जुत्ता वा गहनाबाहेक केही पनि लगाउँदिनन्, तर उनका ती कुनै पनि निर्वस्त्र तस्बिर पटक्कै उत्तेजक र अश्लील छैनन्।
योगासनका निर्वस्त्र तस्बिर अपलोडयता उनलाई पछ्याउनेहरूको संख्या ६ लाख ६० हजार पुगेको छ। उनको इन्स्टाग्राम अकाउन्ट ३ल्थ्न्थ्यनब ले सयौं महिलालाई निर्वस्त्र योगासन गरेका आफ्ना तस्बिर अपलोड गर्न उत्प्रेरित गरिरहेको छ। यो ह्यासट्यागबाट पे्ररित भएर ३ सयभन्दा धेरैले ‘बडी पजिटिभिटी’ मा केन्द्रीत पोस्ट अपलोड गरेका छन्।
अमेरिकालगायत पश्चिमी देशमा अहिले निकै लोकप्रिय ‘न्युड योग’ले स्वास्थ्यमा कुनै विशेष शारीरिक वा मानसिक फाइदा गर्छ/गर्दैन कुनै अध्ययन वा अनुसन्धान भएको छैन। तर प्राकृतिक स्वरुप (वस्त्रविहीन) र योग दुवैबाट फाइदा हुनेमा कुनै शंका छैन। यहाँनेर कुनै कपडा नलगाई सयन गर्दा हुने स्वास्थ्यसम्बन्धी फाइदाबारे स्मरण गर्नु सान्दर्भिक हुनेछ। र, योग गर्दा स्वास्थ्यमा हुने फाइदाबारे तपाईंहरू आफैं जानकार हुनुहुन्छ।