काठमाडौं–जानकी श्रेष्ठ पेशाले नर्स हुन्। हाल उनी पुरानो बानेश्वरस्थित आवरण स्किन एन्ड हेयर क्लिनिकमा कार्यरत छिन्। पिसिएल 4 गरिसकेपछि उनले भारतबाट कस्मेटिक 4को तालिम लिइन्।
कस्मेटिक नर्सका रुपमा अरुको सौन्दर्यको ख्याल गर्नुका साथै बिरामीको समस्यामा मह्लमपट्टी लगाउने उनी आफैं सौन्दर्य प्रतियागितामा पुरस्कृत भइसकेकी छिन्।
हालै मात्र उनी फिलिपिन्समा आयोजित मिस टुरिजम युनिभर्समा सहभागी भएकी थिइन्। उक्त सुन्दरी प्रतियोगितामा उनी ३२ देशमध्ये उत्कृष्ट १२ मा परिन्। साथै, उनले मिस फ्रेन्डसिपको उपाधि पनि हासिल गरिन्।
श्रेष्ठले २०६७ सालमा एन्जल लर्ड एकेडेमीबाट आफ्नो स्कुले शिक्षा पूरा गरेकी थिइन्। उनले २०७१ सालमा पुल्चोकी 4 कलेज बनेपाबाट पिसिएल 4 गरेकी हुन्। मिस नर्सबाट उनले सौन्दर्य प्रतियोगितामा सहभागिता जनाउन थालेकी हुन्। यो क्षेत्रमा लाग्ने रहर भने सानैदेखि रहेको उनी बताउँछिन्।
उनी भन्छिन्, ‘२०७१ सालमा मैले भर्खर 4 सकेकी थिएँ। त्यति नै बेला मैले मिस नर्स आयोजना हुने जानकारी पाएँ।’ सौन्दर्य प्रतियोगिता उनको रहर भए पनि कुनै अनुभव भने थिएन। उनले त्यस्ता प्रतियोगिता युट्युबमा भने हेरेकी थिइन्। त्यो बेला मिस नर्सको आवेदन होइन, आफ्नो भाग्य खुलेको ठानेकी थिइन् उनले।
उनकी आमाको चाहना छोरी मिस नेपाल बनोस् भन्ने थियो। त्यसैले यो प्रतियोगितामा सहभागी हुने इच्छा दर्शाउँदा रोकछेक भएन। मिस नर्समा ४५ जना प्रतिस्पर्धी थिए।
मिस नर्समा सहभागी भएपछि केही कुरा सिक्ने अवसर मिलेको उनी बताउँछिन्। मिस नर्समा उनी टप ५ मा पुगिन्। सँगै उनले दुइटा उपाधि जितिन्। उनले अनुभव सुनाइन्, ‘मिस नर्समा सहभागी भएपछि आत्मविश्वास बढ्यो।’ उनले मिस एसिया नेपालमा सेकेन्ड रनरअपको उपाधि पाइन्। उक्त प्रतियोगिताबाट पनि आफूमा निखार ल्याउने मौका मिलेको उनको अनुभव छ।
मिस नर्समा सहभागी भएपछि जानकीलाई कस्मेटिक नर्सका रुपमा काम गर्ने मौका मिल्यो। उनले त्यस बेलासम्म नेपालमा कस्मेटिक नर्स भनेर कोही नभेटेको बताउँछिन्।
‘म सौन्दर्य प्रतियोगितामा भाग लिइरहँदा धेरै प्रश्न गर्थे– नर्स भएर यता लागेको?’ उनले भनिन्, ‘नर्सले किन मोडलिङतिर लागेको भन्ने थुप्रै थिए। यो मोडलिङ नभई धेरैको मन जित्ने प्रतिस्पर्धा हो भनेर उत्तर दिन्थें।’
जानकी नागरिक कलेज हेल्थ साइन्समा बिएन पढिरहेकी छिन्। उनले भारतको लुधियानामा कस्मेटिक सम्बन्धी तालिम लिएकी हुन्। मौका मिल्यो भने कस्मेटिक नर्सका रुपमा उच्च शिक्षा हासिल गर्ने रहर छ उनको।
जानकी मिस एसिया नेपालकी ब्रान्ड एम्बास्डर पनि हुन्। भन्छिन्, ‘मेरो समय तीन तिर बाँडिएको छ। बिहान क्लिनिकमा काम गर्नु, साँझ पढ्न जान्छु र केही समय निकालेर मिस एसिया नेपालको ब्रान्ड एम्बास्डरको भूमिका निभाउँछु।’