काठमाडौं– इन्टर्न चिकित्सकको ड्युटी बैज्ञानिक तरिकाले मिलाउनुपर्ने माग गर्दै चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)मा ज्ञापन पत्र बुझाइएको छ । महाराजगञ्ज स्वतन्त्र विद्यार्थी युनियन र युवा चिकित्सक संघ नेपालले आइओएमका डिन डा जगदीश प्रसाद अग्रवाललाई भेटेर ज्ञापन पत्र बुझाएका हुन् ।
चार बुँदे माग राखिएको ज्ञापनपत्रको दोस्रो बुँदा आइओएम अन्तर्गतका मेडिकल केलजल पनि पिजी शुल्क काठमाडौं विश्व विद्यालयले निर्धारण गरेको बराबर लिनुपर्ने, छ । त्यसैगरी १० प्रतिशत छात्रवृत्ति कोटा अनुरुप भर्ना लिइनुपर्ने र प्रवेश परीक्षा लगायत अन्य परीक्षामा शुल्क वृद्धि गर्न नहुने माग उनीहरुका छन् ।
स्ववियुका तर्फबाट घनश्याम पाण्डे र युवा चिकित्सकका तर्फबाट डा राम थापा क्षेत्रीले उक्त ज्ञापन पत्र बुझाएका हुन् ।