रुपन्देही – प्रयोगशालाकर्मीहरुको छाता संगठन मेडिकल ल्याब्रोटोरी एशोसियशन अफ नेपाल (मेलान) रुपन्देहीको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ।
बुटवलमा भएको अधिवेशनमा बोल्दै मेलानका केन्द्रीय महासचिव राजेन्द्र खड्काले प्रयोगशाला विभाग र काउन्सिल अलग्गै हुनुपर्ने बताएका छन्।
कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष रेशम अधिकारी केन्द्रीय सदस्यहरु रमेश पाण्डे, विजय आचार्य, गोपाल थापा प्रदेश ५ का अध्यक्ष निमप्रसाद गिरि, उपाध्यक्ष मान बहादुर श्रेष्ठ, प्रदेश सदस्य माधव पौडेल, औषधी व्यावसायी संघ लुम्बिनीका अध्यक्ष शिव ज्ञवाली, केम्सन लुम्बिनीका अध्यक्ष बिष्णु भण्डारी, मानव अधिकारका उपाध्यक्ष डि पि खनाल, मेलान रुपन्देही उपाध्यक्ष नारायण भण्डारी, सचिव नारायण पौडेल, लगायतले ब्यावसायिक हकहितका साथै गुणस्तरीय सेवामा जोड दिनुपर्ने वताएका थिए।
अधिवेशनले आगामी तीन वर्षका लागि नारायण पौडेलको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्य समितिको उपाध्यक्षमा विष्णु पौडेल, सचिवमा अमर थापा, कोषाध्यक्षमा अस्मिता बिसी र सहसचिवमा अर्जुन भण्डारी रहेका छन् भने सदस्यहरुमा सीता थापा, चित्रमायाँ थापा, सिर्जना पोखरेल, पशुपति भट्टराई, बालकृष्ण पौडेल, प्रविण शाह, गणेश पछाई, दिपक क्षेत्री, सागर पाठक र अनिल आचार्य निर्वाचित भएको गुणनिधि खनालले बताए ।