सिराहा- धनगढीमाई-८ कसहामा गएराति एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
स १ झ ४७१ नम्बरको एम्बुलेन्सले अनटेस्ट मोटरसाइकललाई राति पौने १० बजे ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका धनगढीमाई ८ का २३ वर्षीय दीपेन्द्र महतोको उपचारको क्रममा सप्तऋषि अस्पताल लहानमा मृत्यु भएको हो।
एम्बुलेन्ससहित चालक उदयपुरका सुखैर चौधरीलाई इलाका प्रहरी कार्यालय गोलबजारले नियन्त्रणमा लिएको छ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।