काठमाडौं– डा विक्रान्त मेहताले नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । सोमबार बेलुकी युट्युबमार्फत् ‘तिम्रो आँखा मेरो आँखा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । डा मेहताले र नारायण खनालले लेखेको गीतमा संगीत वसन्त सापकोटाको रहेको छ । गीतको म्युजिक भिडियोमा अभिनेत्री प्रियंका कार्कीसँग डा मेहता आफैंले अभिनय गरेका छन् । निर्देशन अर्जुन अधिकारीले गरेका हुन् । चिकित्सा सँगै गायनमा सक्रिय उनले आधा दर्जन जति गीत यसअघि नै बजारमा ल्याइसकेका छन् । डा मेहता हाल हाडजोर्नीमा विशेषज्ञता हासिल गरिरहेका छन् ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।