हुम्ला– जिल्ला अस्पताल हुम्लामा कार्यरत एक अनमीमाथि कार्यकक्षमै दुव्र्यहार गरेको आरोपमा दुई किशोर पक्राउ परेका छन् । बिहीबार दुई बजे सुरेन्द्र लामा र उनका साथीले अस्पतालभित्र पसी ड्युटीमा रहेकी अनमी कमला शाहीमाथि दुव्र्यबहार गरेका थिए । सोही आधारमा उजुरी परेपछि उनीहरु पक्राउ परेका हुन् ।
अनमी शाहीमाथिको दुव्र्यवहार रोक्न खोज्दा अस्पतालका डाक्टर नविन रोकाया लगायत कर्मचारीमाथि सामूहिक हातपात भएको थियो । अस्पतालमा ढुंगामुढा गर्दा प्रसूति भवन समेत चर्केको बुझिएकोे छ।
आक्रमण पछि अस्पतालक कर्मचारीहरुले सामूहिक रुपमा जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका हुन् । उजुरीपछि दुई किशोर फक्राउ परेको बताइएको छ ।
उनीहरुलाई विना धरौटी जेल चलान गर्न अस्पतालका कर्मचारी हरुलेले माग गरेका छन्।