गोरखा– गोरखाको अजिरकोट गाउँपालिकाका स्वास्थ्य संयोजक ठाकुर भट्टमाथि आक्रमण भएको छ । कार्यालयबाट घर फर्किदा उनीमाथि एक समूहले आक्रमण गरेको हो ।
आक्रमण सख्त घाइते भट्टको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
घटनाको दोषीलाई पक्राउ गरी कारबाही गर्न नेपाल स्वास्थ्यकर्मी संघ र राष्ट्रिय स्वास्थ्यकर्मी संघ गोरखाले माग गरेका छन् । यसैगरी अखिल नेपाल जनस्वस्थ्यकर्मी संघ, मेडिकल ल्याब्रोटर एशोसियसनले लगायतले पनि घटनाको भत्र्सना गरेका छन् ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।