काठमाडौं– आगोमा जलेकी १६ वर्षे किशोरीको उपचारका लागि आर्थिक अभाव भएको छ। डोल्पा घर भएकी प्रतिभा रोकायाको उपचारमा सहयोगको अपिल गरिएको हो। माध्यामिक शिक्षा परीक्षा (एसइइ)को अन्तिम तयारीमा गरिरहेकी उनी दुर्इ महिलालार्इ आगोबाट बचाउन खोज्दा जलेकी हुन्।
९ जना महिला तथा बालबालिकाहरू त्रिपूरासुन्दरी नगरपालिकास्थित वडा नम्बर ६ को ल्हाँबाट सोही नगरको वडा नम्बर ६ स्थित आफ्नो घर फुल्चिङ्गमा आउँदै गर्दा डढेलोमा परेका थिए। भीरको बाटो डढेलो लागेपछि उनीहरु दौ हडबडाए । अरु दौडेर डढेलोबाट जोगिएपनि दुर्इ बृद्ध महिलाहरू भाग्न सकेनन्। भागिसकेकी प्रतिभा उनीहरुलार्इ बचाउन खोज्दा जलेकी थिइन्।
५५ प्रतिशत शरीर जलिसकेको प्रतिभाको थप उपचार कीर्तिपुर अस्पतालमा भइरहेको छ । ऋण सापट गरेर परिवारको खर्च धानिरहेका प्रतिभाका बुवा कमल रोकाया ‘विशाल’ आर्थिक अभावमा छोरीको उपचार गराउन नसक्ने पीरले पिरोलिएका छन् ।
आर्थिक खर्च सँगसँगै छालादाता आवश्यक पर्ने बताइएको छ । उनको उपचारका लागि अस्पतालले तत्काल दुर्इ लाख रुपैयाँ धरौटी माग गरेको बताइएको छ । जुन रकमको जोहो परिवारले गर्न सकेको छैन । उनलार्इ सहयोग गर्न अपिल गरिएको छ । सहयोगका लागि अंकलाल चलाउनेको फोन नम्बर 9849206303 र प्रेमबहादुर बोहराको फोन नम्बरमा 98510-01569 मा सम्पर्क गर्न सकिनेछ।