काठमाडौं- संघीय संरचना अनुसार स्वास्थ्य मन्त्रालय र माताहतका कार्यालयहरुको पुनःसंरचनाका क्रममा आयुर्वेद विभाग खारेज गरेको भन्दै यो क्षेत्रका संगठनहरुले विरोध गरेका छन्।
आयुर्वेद क्षेत्रका डाक्टर तथा स्वास्थ्यकर्मीहरुको ८ वटा संगठनले संयुक्त रुपमा यसको विरोध गर्दै मुख्य सचिव लोकदर्शन रेग्मीलाई ज्ञापन पत्र बुझाएका छन्। उनीहरुले एलोप्याथिक मन्त्रालयको रुपमा रहेको स्वास्थ्य मन्त्रालयले आयुर्वेद विभाग खारेज गरि पुनसंरचनाको नाममा स्वास्थ्य विभाग मातहतमा राखिएको कदमलाई प्रतिगामी भन्दै सम्मानजनक व्यवस्थापनको माग पनि गरेका छन्।
‘नसर्ने रोग तथा दीर्घ रोगमा प्रभावकारी देखिएका चिकित्सा पद्धतिलाई प्रवर्धन गरि स्वस्थ एवं संवृद्ध नेपाल निर्माण गर्न आयुर्वेद तथा वैकल्पिक चिकित्साको विशिष्ट खालको छुट्टै संरचना निर्माण गर्न सहयोग गरि दिन अनुरोधछ,’ ज्ञापनपत्रमा भनिएको छ।
ज्ञापनपत्रमा दक्षिण एशियाका छिमेकी देशहरु भारत, चिन, श्रृलंका लगाएतका देशले आफ्नो परम्परागत र मौलिक ज्ञान को संरक्षण, प्रवद्र्धन गर्न छुट्टै मन्त्रालय स्थापना गरिरहेको अवस्था तथा अमेरिका जस्ता विकासित देशले समेत जडिवुटिहरुमा अरबौ लगानी गरि अनुसन्धान सुर गरिसकेको अवस्थामा नेपालले भएका संरचना झन खुम्च्याउने काम गरेकोमा उनीहरुले आपत्ती जनाएका छन्।
हेरौँ विज्ञप्ति
